सेलवेज र सेल्सवेरीमा ‘ब्ल्याक फ्राइडे अफर’बाट ग्राहकहरु आकर्षिक

काठमाडौं । सेल्सवेरी र सेलवेज डिपार्टमेन्टल स्टोर्समा ग्राहकहरुको आकर्षण देखिएको छ । शुक्रबारबाट सुरु भएको ‘ब्ल्याक फ्राइडे अफर’मा विशेष छुटमा सामान खरिद गर्न सेल्सवेरी र सेलवेजमा ग्राहकको आकर्षण देखिएको हो ।

नेपाली उपभोक्ताहरुको सुविधालाई ध्यानमा राख्दै सेलवेज ग्रुप अन्तर्गतको सेल्सवेरी र सेलवेजले ५० प्रतिशतसम्म छुटप्रदान गर्ने गरी यो अफर सार्वजनिक गरेको थियो । शुक्रबार सुरु भएको यो अफर मंसिर १८ गते शनिबारसम्म जारी हुनेछ । काठमाडौं क्षेत्रमा सञ्चालित सेल्सवेरी र पोखरा क्षेत्रमा सञ्चालित सेलवेज डिपार्टमेन्टल स्टोर्सका सबै शाखामा अफर अन्तर्गत छुटमा सामान खरिद गर्नेहरुको आकर्षण देखिएको सेलवेज ग्रुपका गण्डकी प्रदेश मुख्य व्यवस्थापक दयाल गिरीले आर्थिक आवाजलाई जानकारी दिए ।

यो अफर अन्तर्गत विशेष छुट प्राप्त गरी नेपाली उपभोक्ताहरु प्रत्यक्ष लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ । यो अफर अन्तर्गत ग्राहकले १० देखि ५० प्रतिशतसम्म छुट प्राप्त गरेका छन् ।

footwear zone

काठमाडौंमा सातदोबोटो, सीतापाइला, महाराजगन्ज, चक्रपथ, झम्सीखेल, बत्तिसपुतली, इमाडोल, कोटेश्वर, लोकन्थली, नयाँबस्ती, पेप्सीकोला, मुलपानी, मैजुबहाल, ककनी, सुकेधारा, हात्तीगौंडा, धापासी, पुरानोबानेश्वर, बनेपा, बालुवाटार, भक्तपुर, भैसेपाटीबाट सेल्सवेरीले सेवा प्रदान गर्दै आइरहेको छ । पोखरामा चिप्लेढुंगा, लेकसाइड, बिरौटा, भद्रकाली, बगर, शान्तिनगरबाट सेलवेजले सेवा प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.