मंगलम पाइप्सद्वारा गोलगढमा सरसफाइ

भैरहवा । नेपालको पहिलो CPVC पाइप्स् र फिटिङ्स उत्पादक मंगलम् पाइप्सले भैरहवाको गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । गत मंसिर ४ गते शनिबार बिहान ७ बजेदेखि ९ः३० बजेसम्म मंगलम् पाइप्स र गोलगढ टोल सुधार समितीको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो ।

“सफा, सुन्दर र हराभरा सहर, हामी सबैको रहर” नाराका साथ सम्पन्न गरिएको कार्यकममा लगभग ७५ जनाको सहभागिता रहेको थियो । उक्त क्षेत्रमा मंगलम् पाइप्स्को पहिलो सरसफाइ कार्यक्रम भएपनि वातावरण संरक्षण र संवर्धनको कुरामा भने कम्पनि पहिलेदेखि नै अग्रसर रहेको थियो । मङ्गलम पाइप्सले निकै लामो समयदेखि विभिन्न ठाउँहरुमा हात धुनको लागि धारा एवम् फोहोर फाल्ने ठाउँहरु व्यवस्थापन गर्नको लागि डस्ट्बिनको व्यवस्था गर्दै आइरहेको छ । यो शुरुवात मात्र भएको र भविष्यमा यस्तो कार्यक्रम आयोजना गर्दै जाने कम्पनीले जानकारी गराएको छ ।

मंगलम् पाइप्स वातावरण प्रति कति जिम्मेवार छ भन्ने कुरा निर्माण सम्पन्न हुन आँटेको मंगलम्को नयाँँ कारखानाले नै जनाउँछ । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–३, ढक्दैमा स्थापनाको अन्तिम चरणमा पुगेको मंगलम् इन्डस्ट्रिजको नयाँँ वातावरण मैत्री कारखाना पूर्णतया बिजुलीबाट संचालन हुनुका साथै उत्पादनको प्रक्रियामा निस्किने अन्य पदार्थहरु उद्योग भित्रै पूनः प्रयोग हुने हुनाले ध्वनी र अन्य वातावरणीय प्रदुषणमुक्त छ । २५० जना कर्मचारीहरुलाई दैनिक रुपमा रोजगारी प्रदान गरिरहेको यो कारखानाले स्थानीय तहमै रोजगारीको अवसर सृजना गरिरहेको छ ।

footwear zone

मंगलम् इन्डस्ट्रिज नेपालको पहिलो CPVC पाइप्स् र फिटिङ्स् उत्पादक तथा नेपालबाट बाहिरी देशमा सबैभन्दा बढी पोलिमर पाइपिङ प्रणाली निर्यात गर्ने कम्पनी हो ।

You might also like

Comments are closed.