भृकुटीमण्डपमा जुत्ता चप्पल मेलाको वृहत प्रदर्शनी जारी

काठमाडौं । फुटवयर म्यानुफ्याक्चरर एसोसियसन अफ नेपालद्वारा आयोजित जुत्ता चप्पल मेलाको वृहत प्रदर्शनी राजधानीको भृकुटीमण्डपमा जारी छ । कात्तिक २६ गतेबाट जारी प्रदर्शनी मंसिर १९ गतेसम्म चल्ने कार्यक्रम संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।

प्रदर्शनीमा जुत्ता चप्पल खरिद गर्ने ग्राहकहरुको उपस्थिति बाक्लो रहेको उनले बताए । ‘प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण राम्रो छ,’ उपाध्यायले भने । प्रदर्शनीमा नेपाली कम्पनीहरुबाट उत्पादित छाला तथा जुत्ताहरुमात्रै प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा १० देखि ७० प्रतिशतसम्म छुट प्रदान भइरहेको बताइएको छ । २५ वटा कम्पनीका ६० वटा भन्दा बढी स्टल रहेको उपाध्यायले जानकारी दिए ।

footwear zone

मेलामा १ सय ५० रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका जुत्ता तथा चप्पलहरु राखिएका छन् । पुरुष, महिला तथा बच्चाहरुका पार्टी, स्पोर्ट्स, क्याजुअल तथा स्कुल जुत्ता तथा चप्पलहरु खरिद गर्नका लागि प्रदर्शनी राम्रो अवसर रहेको उनले बताए ।

You might also like

Comments are closed.