सोलार वाटर हिटर जडानमा बि.एण्ड आशिष ट्रेडिङको २० वर्षे अनुभव

होमराज भट्टराई, प्रवन्ध निर्देशक, बि.एण्ड आशिष ट्रेडिङ, न्युरोड पोखरा

पोखरा । जाडो मौषम सुरु भएसँगै घर–घरमा तातो पानीका लागि सोलार वाटर हिटर जडानको माग उच्च बन्दै गइरहेको छ । नेपालमा विभिन्न कम्पनीहरुले सोलार वाटर हिटर जडानको काम गर्दै आइरहेका छन् । पोखरा क्षेत्र तथा गण्डकी प्रदेशमा पनि सोलार वाटर हिटर जडानको माग उच्च रहेको बि.एण्ड आशिष ट्रेडिङ न्युरोड पोखराका प्रवन्ध निर्देशक होमराज भट्टराईले जानकारी दिए ।

बि.एण्ड आशिष ट्रेडिङले सोलार वाटर हिटरको क्षेत्रमा बिगत २० वर्षदेखि निरन्तर काम गर्दै आइरहेको छ । प्रा.लि.ले पर्फेक्टसन, इनर्जिसन, अल्ट्रासन ब्राण्डका सोलार वाटर हिटरहरु जडान गर्छ । पर्फेक्ट ब्राण्डकोे वाटर प्युरिफायर, किचन चिम्नी, चुल्हो, लेमिनेटेड पार्केटिङको बिक्री वितरण गर्दै आइरहेको छ । पोखरामा मुख्य कार्यालय रहेर प्रालिले समग्र गण्डकी प्रदेशसहित लुम्बिनीको पाल्पासम्म सेवा प्रदान गर्दै आइरहेको छ । जाडो मौषममा तातो पानीका लागि सोलार वाटर हिटरको माग उच्च रहेको सञ्चालक होमराज भट्टराईले बताए । ‘सोलार वाटर हिटर र हिट पम्पको माग पनि उच्च छ,’ उनले भने ।

पर्फेक्टसन र अल्ट्रासन ब्राण्डमा १० वर्षसम्मको लागि ट्यांक रिप्लेसमेन्ट ज्ञारेन्टी रहेको उनले जानकारी दिए । यसमा २० वर्षको वारेन्टी हुन्छ । इनर्जिसनमा ५ वर्ष रिप्लेसमेन्ट ज्ञारेन्टी र १२ वर्षको वारेन्टी हुन्छ । प्रालिले भारतबाट सिधै आयात गरेर सोलार वाटर हिटर जडान गर्दै आइरहेको छ । २० वर्षदेखि निरन्तर काम गर्ने क्रममा पोखरा तथा आसपासका क्षेत्रका धेरै सेवाग्राहीको विश्वास जित्न आफूहरु सफल रहेको उनले बताए । ‘पोखरा क्षेत्रमा धेरै उपभोक्ताको विश्वास जित्न सफल भएका छौं,’ उनले भने ।

footwear zone

प्रालिले डोर टु डोर सर्भिस उपलब्ध गराउँदै आइरहेको छ । घरमा सोलार वाटर हिटर जडान भइसकेपछि समस्या आएमा तत्काल कर्मचारी तथा टेक्निसियन पुगेर मर्मतसम्भार लगायत आवश्यक सेवा प्रदान गरिने उनले जानकारी दिए । ‘सोलार हिटर जडानका लागि आवश्यक पर्ने सम्पूर्ण स्पेयर्स पार्टस् प्रालिले आफैले आयात गर्ने भएकाले कुनै समस्या हुँदैन,’ उनले भने ।

५२ हजार ५ सय रुपैयाँदेखि १ लाख ७५ हजारसम्मका मूल्यका सोलार हिटरहरु उपलब्ध रहेको भट्टराईले जानकारी दिए । मध्यम वर्ग र उच्च वर्ग सबैको पहुँच हुने गरी सेवा प्रदान भइरहेको उनले बताए । २००, २५०, ३१०, ४००, ५०० र ५५० लिटर क्षमताका सोलार हिटर बजारमा उपलब्ध छन् । ‘तातोपानी बस्ने ट्यांकीको मोटाई अन्य कम्पनीको भन्दा २ गुणा मोटो छ । जसले गर्दा लामो समयसम्म पानी तातो रहन्छ । ७२ घन्टासम्म रहन्छ,’ उनले भने, ‘शतप्रतिशत सिस्टम स्टेनलेस स्टिल र सिसाबाट बनेको हुन्छ । जुन निकै बलियो र भरपर्दो छ ।’ पानी तताउने क्षमता पनि सामान्य सोलारको भन्दा २५ प्रतिशत बढी रहेको उनले बताए । उनी भन्छन्, ‘घाम लागेन भने बिजुलीबाट पनि पानी तताउन मिल्छ ।’

सोलार वाटर ट्यांकी सफा गर्नका लागि पहिलाको जस्तो झन्झटिलो प्रक्रिया नरहेको उनले जानकारी दिए । ‘क्लिनिङ प्वाइन्ट छ । जहाँबाट सजिलै ट्यांकी सफा गर्न सकिन्छ,’ उनले भने । यसमा डबल हिटिङ सिस्टम हुन्छ । अष्ट्रेलियन भ्याकुम ट्युव सिस्टम जडान गरिएको हुन्छ । जुन मौषममा पनि सोलार वाटर हिटर जडान गर्न सकिने उनले जानकारी दिए । ‘तराईदेखि लिएर अपर मुस्ताङसम्म जडान गर्न सकिन्छ,’ उनले भने, ‘फुट्ने डर हुँदैन ।’

सोलार फिटिङ गर्न सम्भव नहुने र थोरै खर्चमा तातोपानी जडान गर्न चाहनेहरुका लागि इलेक्ट्रिक जिगर पनि उपलब्ध भट्टराईले जानकारी दिए । गण्डकी प्रदेशमा असिनाको जोखिम पनि हुने भएकाले असिनाबाट जोगाउन जालीको पनि व्यवस्था छ । डेलिभरी, फिटिङ र मेन्टेनेन्सको सम्पूर्ण व्यवस्था सुरुकै कस्टमा उपलब्ध हुने उनले जानकारी दिए ।

छतमा एक ठाउँमा जोडिसकेपछि घरको सम्पूर्ण ठाउँमा तातोपानी उपलब्ध हुन्छ । गिजर जडान गरेमा एक ठाउँमा मात्रै उपलब्ध हुन्छ ।  प्रालिले इन्टेरियर डिजाइनको सम्पूर्णकामसमेत गर्दै आइरहेको छ । ‘इन्टेरियर डिजाइनदेखि आवश्यक फिनिसिङ र फर्निसिङ सबै काम गरिन्छ,’ उनले भने । त्यस्तै लाइट, सोलार, इन्भर्टर, ब्याट्रीको काम पनि भट्टराईले जानकारी दिए । प्रालिले ३५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.