सामाजिक सुरक्षाको प्रत्याभूति गर्दै श्रम क्षेत्रका समस्या समाधान गरौँ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा देखिएका समस्या र चुनौतीहरुको समाधान गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली शुरु भएको शनिबार चार वर्ष पुरा भएको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा उनले सामाजिक सुरक्षाको प्रत्याभूति गरी श्रम क्षेत्रका समस्या समाधान गर्दै असल श्रम सम्बन्ध विकास गर्ने सवैको साझा लक्ष्य रहेको बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले भने “सामाजिक सुरक्षा प्रणाली हाम्रो लागि नयाँ भएकोले यसको कार्यान्वयनमा केही व्यवहारिक कठिनाईहरु देखिएका र सूचिकरण प्रकृया शुस्त गतिमा रहेको भएपनि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आजसम्म सूचिकृत प्रतिष्ठान र श्रमिकको संख्यावाट निराश हुनुपर्ने छैन । ”

footwear zone

नयाँ व्यवस्था लागु गर्दा केही समस्या त आउछन् नै भन्दै त्यसबाट विचलित हुनु भन्दा प्राप्त गरेको अनुभव र सुरक्षा प्रणालीको कार्यान्वयनमा देखिएका चूनौतीहरुलाई मननन् गरी योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई सफलपूर्वक अघि वढाउन कोष सक्षम हुने विश्वास उनले व्यक्त गरे ।

े आजसम्म करिव १६ हजार प्रतिष्ठान र २ लाख ९५ हजार श्रमिकको सूचिकरण भई सकेको उनले जानकारी पनि दिए । सूचिकृत श्रमिकहरुले सामाजिक सुरक्षा कोषवाट सुविधा पनि पाउन थालिसकेका जानकारी दिँदै वरिष्ठ उपाध्यक्ष ढकालले यस प्रणालीबारे अझै पनि धेरै भ्रम र वुझाईको कमी रहेकाले त्यो भ्रम हटाउनुपर्ने बताए ।

सामाजिक सुरक्षा प्रणाली लागू गर्दा विभिन्न व्यवहारिक कठिनाई आउने गरेको धेरै मुलुकको अनुभव रहेको उनले सुनाए । उनले भने “अहिले हामीकहाँ पनि केही समस्या छन्, हामी सवै सरोकारवालाहरुले त्यस्ता समस्याको उपयुक्त समाधान खोजी अघि वढनु पर्दछ भन्ने हाम्रो धारणा हो ।”

विद्यमान विवाद र द्विविधाको अन्त्य हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई हाम्रो आफ्नै परिवेश अनुकूल र आकर्षक वनाउन ऐन कानून र कार्यविधिमा थप सुधार र परिमार्जन गर्नेतर्फ सोच्न पनि उनले सरोकारवालाहरुलाई आग्रह गरे ।

अहिले प्रचलनमा रहेको संचयकोष र उपदानको व्यवस्थालाई वढी से वढी श्रमिकको हितमा हुनेगरी व्यवस्थापन गर्न र त्यसका लागि सुविधा योजनालाई व्यवहारिक वनाउन पनि सोच्नु्पर्ने उनँको सुझाव थियो । उहाँले भन्नुभयो “यस प्रणालीका विषयमा श्रमिक र रोजगारदाताले अपेक्षा गरेकाले त्यसतर्फ सोच्न कोषलाई आग्रह गर्न चाहन्छु ।” उहाँले सामाजिक सुरक्षा प्रणालीलाई आकर्षक र भरपर्दाे वनाउन सबैले आ–आफ्नो तहवाट योगदान गर्न पनि आग्रह गरे ।

You might also like

Comments are closed.