महिला उद्यमी परिचालन उपसमितिको बैठक सम्पन्न

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघमा आवद्ध महिला उद्यमीहरुको विकास एवं प्रवद्र्धनका गतिविधि तथा क्रियाकलाप अगाडि बढाउनका लागि गठित महिला उद्यमी परिचालन उपसमितिको पहिलो बैठक सोमबार सम्पन्न भएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं महिला उद्यमी परिचालन उपसमिति संयोजक इन्दिरा रोकाको संयोजकत्वमा बसेको बैठकले महिलाहरुको विकासका लागि आयआर्जन तथा क्षमता अभिबृद्धि गर्नका लागि विभिन्न संघ संस्था तथा कार्यालयहरुसँग समन्वय गर्ने साथै सिपमुलक, आयमुलक, महिलाको स्वास्थ्यसँग सम्वन्धित विभिन्न कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ ।

उक्त बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष बावुराम गिरीले महिलाहरुको विकासका लागि सर्वप्रथम उनीहरुको आयआर्जनमा विकास हुनुपर्ने बताए । बढिभन्दा बढि महिलाहरुलाई उद्यमशिलतामा जोड्नु पर्ने बताउदैं संघले घरेलु तथा साना उद्योग कार्यालय, सिप विकास कार्यालय लगायतका विभिन्न संघसंस्थाहरुसँग समन्वय गर्दै तालिम तथा अध्ययन अवलोकन भ्रमण, अन्तरकृया, गोष्ठि कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।

footwear zone

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले महिला उद्यमीहरुको प्रवद्र्धनका लागि संघले सधै प्राथमिकतामा राखेको र संघद्वारा यहि माघ १३ गते देखि २४ गते सम्म आयोजना हुने लेखनाथ महोत्सवमा सवैको साथ सहयोगका लागि अनुरोध गरेका छन् ।

त्यसैगरि संघका उपमहासचिव जानुका पराजुली अधिकारी र पुर्व कार्यसमिति सदस्य एवं उपसमिति सल्लाहकार मेनुका श्रेष्ठले सवै महिला एकभई उद्यमशिलता विकासका कार्यक्रम गर्ने र महिला उद्यमी विकासका लागि विगतमा संघले गरेका कृयाकलाप र अवका दिनमा गर्नुपर्ने कार्यहरु बारे जानकारी गरएका थिए । उक्त कार्यक्रममा महिला मानव अधिकार रक्षक संजाल कास्कीका सदस्य मिना थापाले १६ दिने महिला हिंसा अभियान “घरैबाट शुरु गरौं महिला हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय मुल नाराका साथ मनाईरहेको र सो सम्वन्धि जानकारी गराएकी थिइन् ।

बैठकमा महिला उद्यमी परिचालन उपसमिति सहसंयोजक पार्वती कुमारी थापाले धन्यवाद ज्ञापन र संचालन सचिव भिमकुमारी पुन (पुष्पा)ले गरेकी थिइन् ।

 

 

You might also like

Comments are closed.