काठमाडौं ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ तोकिएको छ । त्यसको मूल्य मङ्गलबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँ थियो ।

त्यस्तै बुधबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २ सय रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔँस एक हजार ७ सय ७९ डलर आसपास कारोबार भइरहेको छ ।




Comments are closed.