काठमाडौं । एनएमबि बैंकले बैंक अफ दि एसिया २०२१ को अवार्ड जित्न सफल भएको छ । बुधबार एक कार्यक्रमबीच बैंकका अध्यक्ष पवनकुमार गोल्यानले अवार्डलाई सार्वजनिक गरे ।
द फाइनान्सियल टाइम्स म्यागेजिनले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए । यस अगाडि बैंकले ३ पटकसम्म बैंक अफ दि इयर अवार्ड जितेको थियो ।
एनएमबिले भ्यालु बैंकिङ गरिरहेको अध्यक्ष गोल्यानले बताए । आयात घटाउनका लागि कृषिमा लगानी बढाउनुपर्ने उनको भनाइ छ । नेपालको माटो र नेपाली जनतालाई सुहाउने बैंक बन्दै एनएमबि अगाडि बढ्ने गोल्यानले बताए ।

एसियामै सर्वोत्कृष्ट बैंक बन्न पाउँदा निकै उत्साह मिलेको केसीले बताए । ‘इतिहास रच्दै हामी भएका छौं एसियामै सर्वोत्कृष्ट बैंक’ केसीले भने । दीगो विकास लक्ष्य प्राप्तिमा जोड दिदै बैंकले काम गरिरहेको केसीले बताए ।




Comments are closed.