क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

 

काठमाडौं । बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको लागि यस कम्पनीको लागि तोकिएका जिल्लामध्य २ जिल्लामा तालिम सम्पन्न भएको छ ।

धनुषा र महोत्तरी जिल्लाका सहभागिहरुलाई एकै स्थानमा समावेश गरिएको तालिम मङ्सिर १६ देखि १९ गतेसम्म बर्दिवासमा बीमा समितिको प्रतिनिधिको रोहवरमा तालिम सम्पन्न भएको हो ।

footwear zone

तालिममा १० जना क्षति मुल्याङ्कनकर्ताहरुको सहभागिता थियो । क्षति मुल्याङ्कनकर्ताको तालिम पश्चात कृषि तथा पशुपन्छी बीमाको क्षतिको लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मुल्याङ्कनकर्ताले मुल्याङ्कन गरी दावी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा सुधार भई कम्पनीले ग्राहक महानुभावहरुलाई बीमा सेवा प्रदान गर्न सहज हुने अपेक्षा कम्पनीले लिएको छ ।

 

You might also like

Comments are closed.