विवाहपञ्चमीमा शौर्य सिमेन्टको शिविर, दर्शनार्थी र यात्रुलाई राहत

जनकपुरधाममा भएको विवाहपञ्चमी महोत्सवमा शौर्य सिमेन्टको प्रायेजन र विजय लक्ष्मी मिडिया फाउन्डेशनको आयोजनामा निःशुल्क शिविरको आयोजना गरेको छ । विवाहपञ्चमी महोत्सवमा आउने दर्शनार्थिहरुको सेवा सत्कारको लागि यो शिविरको आयोजना गरिएको थियो।

शौर्य सिमेन्टबाट आयोजीत उक्त नि : शुल्क शिविरमा दर्शनार्थिहरुको लागी चिया पानीको व्यवस्था गरिएको थियो । सेवा भावले आयोजना गरिएको उक्त शिविरबाट १० हजार भन्दा बढि व्यक्तीलाई सेवा प्रदान गरिएको थियो ।

मंसिर २२ गते भएको रामसीता विवाहोत्सवमा नेपाल र भारतका विभिन्न स्थानहरुबाट दर्शनार्थिहरु आउने गर्दछन् साथै प्रत्येक वर्ष अयोध्याबाट जन्ती आउने गर्दछन् । यस अवसरमा जनकपुरधाममा जानकी मन्दिरले विभिन्न वैवाहिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

footwear zone

साथै यस अवसरमा शौर्य सिमेन्टको नाटक पनि जनकपुरधामको राम चौकमा मंचन गरिएको थियो साथै शौर्य सिमेन्टबाट सोधिएको प्रश्नहरुको सहि जवाफ दिने विजेताहरुलाई शौर्य सिमेन्टको तर्फबाट टिसर्ट पनि बाँडिएको थियो ।

साथै शौर्य सिमेन्ट मिथिला मधेशको उत्पादन रहेको हुनाले मिथिलाको कला संस्कृति परम्परामा कदममा कदम मिलाउदै सदैव सेवा भावका लागी तत्पर रहने शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले जानकारी दिए ।

You might also like

Comments are closed.