आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय भवनको शिलान्यास

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको का.म.न.पा. वडा नं. ३ पानीपोखरी स्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको छ शुक्रबार बिहान ८ बजेको शुभ साहितमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले भवनको शिलान्यास गरेका हुन् ।

शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल लगायत सम्पूर्ण संचालकहरु, संस्थापक शेयरधनीहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायत उच्च व्यवस्थापन अधिकृत, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु लगायतको उपस्थिति थियो ।

शिलान्यासको शुभ साइतको समयमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट भवनको जगमा शिला राखेर भवनको शिलान्यास गरियोे । उक्त शिलान्यास समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले आफ्नो व्यस्थताको वावजुत पनि समारोहमा उपस्थित भई भवनको शिलान्यास गरिदिएकोमा बीमा समितिका अध्यक्षलाई संचालक समिति तथा आइजिआई परिवारको तर्फबाट धन्यवाद व्यक्त गरे ।

footwear zone

श्रेष्ठले कम्पनीको केन्द्रीय कार्यालयको प्रयोजनको लागि शुक्रबार शिलान्यास भएको भवन समयमै निर्माण सम्पन्न हुने र उक्त भवन एक नमुना भवन हुने जानकारी गराउँदै यस सुखद समराहोमा उपस्थित भई हौसला प्रदान गरिदिएकोमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।

 

 

 

 

You might also like

Comments are closed.