भेस्पा र अप्रिलाको नयाँ शोरुम काठमाडौंको महाराजगन्जमा

काठमाडौं । काठमाडौंको महाराजगन्जमा भेस्पा र अप्रिलाको नयाँ शोरुम उद्घाटन भएको छ । भेष्पा र अप्रिलाका लागि नेपालको आधिकारिक बिक्रेता दुगर ब्रदर्स एण्ड सन्स प्रा.लि.ले नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।

शोरुमको एक कार्यक्रमबीच प्रा.लि.का फस्ट लेडी सरोज दुगर र डाइरेक्टर उर्वी दुगरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । नयाँ शोरुमसहित काठमाडौंमा भेष्पा र अप्रिलियाको शोरुम १० वटा पुगेको छ भने सर्भिस सेन्टर ८ वटा पुगेको छ । देशभर ४७ वटा शोरुम र ५४ वटा सर्भिस सेन्टर सञ्चालनमा रहेको कम्पनीका भाइस प्रेसिडेन्ट विजय महतोले जानकारी दिए ।

अत्याधुनिक तथा सुविधासम्पन्न शोरुम तथा सर्भिस सेन्टरमार्फत देशभरको बजारबाट अप्रिलिया र भेष्पा बिक्री भइरहेको महतोले बताए । ‘देशभर अप्रिलिया र भेष्पाको माग बढ्दो छ,’ उनले भने । प्रिमियम ब्राण्ड भएकाले भेष्पा र अप्रिलिया ग्राहकको रोजाइमा पर्ने गरेको उनले बताए ।

footwear zone

कम्पनीले बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै आएकाले भेष्पा र अप्रिलियाका ग्राहकहरु सन्तुष्ट रहेको कम्पनीको दावी छ । अप्रिलिया र भेष्पाको स्पेयर्स पार्टसहरु पनि नेपाली बजारमा सहज रुपमा उपलब्ध रहेको कम्पनीका मार्केटिङ म्यानेजर करुणा पुडासैनीले बताइन् ।

You might also like

Comments are closed.