काठमाडौं ।
बहराइनका लागि नेपाली कार्यवाहक राजदूत अरुणा घिसिङ र बहराइन एयरपोर्ट कम्पनी (बिएसी) का प्रमुख कार्यकारी अधिकृत मोहम्मद युसिफ अलबिनफालाहबीच काठमाडौं–बहराइन हवाई सम्पर्क स्थापना गर्नेबारे छलफल भएको छ ।
बिएसी भवनमा आइतबार भएको भेटका क्रममा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीद्वारा काठमाडौं मनामाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने सम्बन्धमा विस्तारमा छलफल भएको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ ।

भेटका क्रममा अलबिनफालाहले उक्त वायुसेवा कम्पनीलाई बहराइन आकाशमा उडानका लागि आफूले स्वागत गर्ने बताएको राजदूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।




Comments are closed.