‘धौलीगाड खानेपानी आयोजना’लाई बहुवर्षीय ठेक्का सहमति प्रदान

 

कर्णाली । समुद्री सतहदेखि करिब चार हजार मिटर उचाईमा रहेको कर्णाली प्रदेशकै गौरवको आयोजना ‘धौलीगाड बृहत खानेपानी आयोजना’ जुम्लालाई बहुवर्षीय ठेक्का सहमति प्रदान गर्ने निर्णय भएको छ ।

अर्थ मन्त्रालयको सोमबार भएको मन्त्रीस्तरीय निर्णयबाट ‘धौलीगाड बृहत खानेपानी आयोजना’लाई बहुवर्षीय ठेक्काका लागि सहमति प्रदान गरिएको हो । खानेपानी तथा सरसफाई मन्त्रालयको जलवायु अनुकूलित बृहत खानेपानी आयोजनाअन्तरगत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाबाट उक्त आयोजना सञ्चालन हुँदैछ ।

footwear zone

अर्थमन्त्रालयका शाखा अधिकृत इन्दिरा दाहालका अनुसार आयोजनाको कूल लागत अनुमान रु।एक अर्ब २६ करोड आठ लाख ४९० रहेको छ । सो लागत रहेको ‘धौलीगाड बृहत खानेपानी आयोजना’को बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड, २०७७ बमोजिम सहमतिका लागि खानेपानी मन्त्रालयबाट लेखिएको आएको विषय पेश हुँदा राष्ट्रिय योजना आयोगको निर्णयानुसार प्रक्रिया पुरा गरी खरिद प्रक्रिया अघि बढाउन उक्त मन्त्रालयलाई सहमति प्रदान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.