पोखरा उद्योग वाणिज्य संघको एक्स्पो जारी, आज प्रकाश सपुतको विशेष प्रस्तुति

आर्थिक आवाज

पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको सफल एक्स्पो पोखरा जारी छ । मंसिर १३ गते सुरु एक्स्पो २४ गतेसम्म चल्नेछ । एक्स्पोमा बिहीबार चर्चित लोकदोहारी गायक प्रजापती पराजुलीसहित प्रकाश सपुत, चोलेन्द्र पौडेल, घनश्याम भुषाल, सरला पाण्डे, पार्वती जिसी, सीता केसी, अम्बर धिताल, माया गिरी, ईश्वर सिँह, नेत्र खड्का लगायतको प्रस्तुति रहने संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले जानकारी दिए ।

कार्यसमिति सदस्य तथा साँस्कृतिक उपसमितिका संयोजक केशवबहादुर खत्रीका अनुसार बिहीबार पपतर्फ दुर्गेश थापा प्रमुख आकर्षण रहनेछन् । पोखरा दोहोरी घर र हाम्रो दोहोरी साँझ र लोकदोहोरी गीत प्रतिष्ठान बाग्लुङबीचको दोहोरी प्रतियोगिता पनि मेलाको आकर्षण रहनेछ ।

footwear zone

यसैगरी मगरहरुको साँस्कृतिक नाच कौरा, हाँस्य कलाकार रवि डंगोल र पूर्ण थापाले पनि दर्शकलाई भरपुर मनोरञ्जन दिनेछन् । रत्यौलीतर्फ पनि ४ समूहको प्रस्तुति रहनेछ ।

You might also like

Comments are closed.