काठमाडौं । । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)का मिसन प्रमुख लोरेना ल्यान्डोले शिष्टाचार भेट गरेका छन् ।
मन्त्रालयमा बुधबार भएको भेटमा उनिहरुबीच आप्रवासी नेपाली कामदारको क्षेत्रमा आइओएमले नेपाल सरकारसँग गरिरहेको सहकार्यबारे समीक्षा भयो । मन्त्री श्रेष्ठले कोभिड–१९ महामारी कारण अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरुले भोगेका बहुआयामिक समस्याको सम्बोधनका लागि आइओएम नेपालले पुर्याएको योगदानप्रति आभार व्यक्त गरे ।
श्रेष्ठले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन आइओएमबाट सहयोगको आग्रह गरे । वैदेशिक रोजगारीमा गई नेपाल फर्केका नागरिकहरुले आर्जन गरेका सीप र पुँजीको परिचालनका लागि मन्त्रायलले गरेका प्रयासमा आइओएमले सहयोग गरेको चर्चा गर्दै मन्त्री श्रेष्ठले पाँच बर्षे रणनीतिमा उल्लेख गरिएका बिषय कार्यन्वयन गर्न मन्त्रालय र आइओएम नेपालबीच छुट्टै समझदारी हुनुपर्नेमा जोड दिए । मन्त्री श्रेष्ठले मन्त्रालय र आइओएम नेपालबीच आगामी पाँच बर्षे संयुक्त रणनीतिपत्रको मस्यौदा गर्न विज्ञ समिति गठनको प्रस्ताव समेत गरे ।

मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै बैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रुपमा परिचालन गर्ने राज्यको नीति रहेको बताएका थिए । साथै उनले नेपाल सरकारको नीति तथा कार्यक्रममा श्रम आप्रवासन सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिवद्दताहरुलाई आन्तरिकिकरण गर्दै लगिने कुरा उल्लेख रहेको र यससम्वन्धमा आइओएम नेपालको तर्फबाट सरकारलाई पुर्याएको योगदानप्रति आभार व्यक्त गरेका छन् ।




Comments are closed.