काठमाडौं ।
सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँ पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ जसको मूल्य बिहीबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २ सय ५० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८ सय ३ डलर आसपास कारोबार भइरहेको छ ।




Comments are closed.