काठमाडौं । चार पांग्रे सेकेन्ड ह्यान्ड सवारी साधनको कारोबार गर्दै आइरहेका व्यवसायीहरुको संगठन नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा रमेश कोइराला निर्वाचित भएका छन् । यो भन्दा पहिले कार्यवाहक अध्यक्षको रुपमा कार्यरत कोइरालाले अध्यक्षको जिम्मेवारी ग्रहण गरेका हुन् ।
त्यसैगरि वरिष्ठ उपाध्यक्ष कुमार चिमोरिया, प्रथम उपाध्यक्ष राजकुमार देवकोटा, महासचिव खगेन्द्रसिंह बम, सचिव नवीनकुमार पारख र कुमार बोगटी, कोषाध्यक्ष प्रदीप राना र सहकोषाध्यक्ष राजेन्द्र कुमार राउत निर्वाचित भएका छन् ।

सदस्यहरुमा प्रवीण लामिछाने, देवेन्द्रकुमार श्रेष्ठ, रामकुमार शाही ठकुरी, नेत्र तिमल्सिना, लक्ष्मण बञ्जारा, राजकुमार थापा र राजेन्द्र श्रेष्ठ चयन भएका छन् । सल्लाहकारमा शैलेन्द्रकुमार श्रेष्ठ, ईश्वरप्रसाद भट्टराई र विश्वनाथ प्रसाद गुप्ता रहेका छन् ।




Comments are closed.