नाडाको उपाध्यक्षमा पोखराका मोहनबाबु खड्का

पोखरा । पोखराका अटोमोबाइल व्यवसायी मोहनबाबु खड्का नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन् । नाडाको नवनिर्वाचित कार्यसमितिको बुधबार सम्पन्न पहिलो बैठकबाट खड्का उपाध्यक्ष निर्वाचित भएका हुन् ।

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)का अध्यक्षसमेत रहेका खड्का यस अगाडिको कार्यकालमा समेत नाडाको कार्यसमितिमा रहेर काम गरेका थिए । उपाध्यक्षमा विजयी गराउने नाडाका सम्पूर्ण कार्यसमिति सदस्यप्रति आभार व्यक्त गर्दै खड्काले सम्पूर्ण अटोमोबाइल व्यवसायीहरुको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

खड्का संस्थागत उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

footwear zone

खड्काले बुधबार नै नाडा अध्यक्ष ध्रुवबहादुर थापा समक्ष पदको सपथ लिएका छन् ।

You might also like

Comments are closed.