काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को सचिवमा विक्रम सिंघानिया विजयी भएका छन् । ४५औं साधारणसभाबाट निर्वाचित कार्यसमितिको बुधबार सम्पन्न पहिलो बैठकमा भएको निर्वाचनमा उनी सचिवमा विजयी भएका हुन् ।
सचिवमा विजयी भएसँगै उनले अध्यक्ष ध्रुवबहादुर थापा समक्ष पद तथा गोपनियताको सपथसमेत लिइसकेका छन् ।
सचिवमा विजयी गराउने सम्पूर्णप्रति सिंघानियाले आभार तथा कृतज्ञता ज्ञापन गरेका छन् ।

सिंघानियाले यस अगाडि २ कार्यकाल कार्यसमिति सदस्य र २ कार्यकाल सहकोषाध्यक्ष भएर काम गरिसकेका छन् ।




Comments are closed.