कैलाश विकास बैंकको धरान र जितपुरमा शाखा बिस्तार

आर्थिक आवाज
पोखरा, २१ मंसिर । कैलाश विकास बंैक लिमिटेडले सुनसरी जिल्लाको धरान र कपिलवस्तु जिल्लाको ४ नं. जितपुरमा आफ््नो नयाँ शाखा स्थापना गरेको छ । दुवै शाखाको शुक्रबार शुभारम्भ गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

धरान शाखाको शुभारम्भ प्रदेश नं १ का आर्थिक मामला तथा योजना मत्री ईन्द्र बहादुर आङ्वोबाट र कपिलवस्तुको ४ नं. जितपुर शाखाको शुभारम्भ प्रदेश नं ५ का सांसद विष्णु प्रसाद पन्थीबाट गरिएको बैकका प्रमुख कार्याकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

यी दुई नयाँ शाखा सहित बैंकको शाखा संख्या ७६ पुगेको छ । एटिएम संख्या २८ पुगेका छन् । बैंकले निकट भविष्यमा धनुसा जिल्लाको शखुवा महेन्द्रनगर, रौतहट जिल्लाको गौशाला, सिराहा जिल्लाको सिराहाबजार, पर्सा जिल्लाको पोेखरिया सुनसरी जिल्लाको देवानगञ्ज तथा अन्य विभिन्न ठाउँहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाइएको छ ।

footwear zone

राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्ब ५२ करोड छ । संस्थाले हालसम्म रु.२४ अर्ब ५२ करोड निक्षेप संकलन गरी रु.२२ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको जनाएको छ ।

बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाइल बैंकिङ, एसएमएस बैंकिङ इन्टरनेट बैंकिङ सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

You might also like

Comments are closed.