गोदावरी उद्योग वाणिज्य संघले पहिचान स्थापना गर्नुपर्छ : मन्त्री खड्का

ललितपुर । परराष्ट्रमन्त्री डा नारायण खड्काले गोदावरी उद्योग वाणिज्य सङ्घले व्यवसायमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्नुपर्ने बताएका छन् । संघको प्रथम वार्षिक साधारणसभामा शनिबार उनले गोदावरीले आफ्नो बजार स्थापना गर्न लाग्नुपर्ने बताए ।

उनले भने, “गोदावरीबाट विभिन्न वस्तु उत्पादन गरी अघि बढेमा यहाँको अर्थतन्त्र मजबुत हुनुका साथै यहाँको परिचय पनि देशका साथै विदेशमा समेत स्थापित हुने थियो ।” सङ्घमा रहेका व्यवसायीले नयाँ उत्पादनमा जोड दिएर बजार कब्जा गरेमा गोदावरीले थप लोकप्रिय हुन पाउने उहाँनको भनाइ छ ।

गोदावरीका व्यवसायीलाई आवश्यक सहयोग गर्न आफूले पनि सहजीकरण गर्ने मन्त्री खड्काको धारणा थियो । ललितपुर क्षेत्र नं १ प्रदेशसभा सदस्य लालकुमारी पुनले गोदावरीभरिका नागरिकलाई रोजगारी एवं व्यवसायी बनाउने योजनामा सङ्घ लाग्नुपर्ने सुझाव दिइन् । प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले गोदावरीको आर्थिक र सामाजिक विकासमा सङ्घले महत्वपूर्ण भूमिका खेल्नेमा आफूले विश्वास लिएको बताए ।

footwear zone

क्षेत्र नं ३ प्रदेशसभा सदस्य राजकाजी महर्जनले सङ्घ नै नगरपालिकाको व्यवसायीहरूको अभिभावक रहेको सुनाउँदै मुलुकमा गोदावरीको नयाँ चिनारी राख्न सफल हुने अपेक्षा गरेको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठले सङ्घले गोदावरीभरि रहेका साना तथा घरेलु व्यवसायीलाई समेटेर गुणस्तर उकास्ने काम गरिरहेको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थराज्यमन्त्री उदयशम्शेर राणाले गोदावरीको आर्थिक समृद्धि उकास्न सङ्घ नै प्रमुख माध्यम रहेको औंल्याए । गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले संघले गोदावरीमा रहेका उद्योग र कलकारखाना धरासायी हुनबाट जोगाउने आशा बोकेको बताइन् ।

अध्यक्ष जगनाथ महर्जनले गोदावरीभर छरिएर रहेका विभिन्न तहका उद्योगी तथा व्यवसायीको हक, हित प्रदान गर्न सङ्घ विगत दुई वर्षअघिदेखि लागिपरेको बताए । उपाध्यक्ष पिताम्वर सञ्जेलले संघको उद्देश्य समुदायलाई गुणस्तरीय सेवा दिनु रहेको जानकारी गराउँदै सोअनुरुपको योजना आफूहरूले अघि बढाएको सुनाए । सो कार्यक्रममा गोदावरीमा रहेका उद्योगी एवं व्यवसायीको पनि उपस्थिति थियो ।

You might also like

Comments are closed.