लेखनाथ महोत्सवको तयारी तिव्र

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको १७ औ लेखनाथ महोत्सवलाई भव्य एवं सभ्य रुपमा सम्पन्न गर्नेे उदेश्यले गठित कार्यसम्पादन समिति एवं बिभिन्न उपसमितिका संयोजकहरुको बैठक  आइतबार  संघको सभाकक्षमा सम्पन्न भएको छ  । महोत्सव सम्पन्न गर्न गठित मूल समारोह समितिका निर्देशक एवं संघका निवर्तमान अध्यक्ष बलराम ढकाल,  निर्देशक एवं नेउवा महासंघ केन्द्रीय सदस्य बावुराम गिरी, संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, संघका पूर्व अध्यक्ष एवं निर्देशकहरु चतुराखर अधिकारी, बावुराम जमरकट्टेल, सुमन भट्टराई, लक्ष्मीप्रसाद त्रिपाठी, कृष्णहरि भण्डारी, लगायतले बर्तमान अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्दै सबैको आट तथा हौसलाबाट नै महोत्सव सफल हुनेहुदा सवै एक भएर अगाडि बढ्न सुझाव दिएका छन् ।

महोत्सवको लागि गठन गरिएका ५२ वटा उपसमितिमध्ये उपस्थित अधिकांश संयोजकहरुले महोत्सवको तयारीको क्रममा आ आफ्ना उपसमितिबाट भए गरेका कार्य प्रगतिबारे बैठकमा जानकारी गरएका थिए ।

स्टेज व्यवस्थापन उपसमिति संयोजक एवं संघका सल्लाहकार नेत्रपाणि बास्तोलाले यस महोत्सवमा दर्शकहरुका लागि नयाँ नयाँ कार्यक्रम संचालन गरिने, सल्लाहकार तथा कृषि उपसमिति संयोजक दयाराम तिवारीले कृषि उपज खरिद बिक्री र कृषि प्रदर्शनी सम्बन्धमा, प्रचार प्रशार उपसमिति संयोजक गोपिचन्द्र बास्तोलाले प्रचार प्रसार सम्बन्धमा, प्रायोजन उपसमिति संयोजक बिक्रम कर्माचार्यले प्रायोजन सम्बन्धि, सुचना प्रबिधि उपसमिति संयोजक बुद्धिप्रसाद बास्तोलाले सुचना प्रविधि सम्बन्धिमा, व्यानर प्रायोजक ध्रुवबावु भट्टराईले व्यानर प्रायोजन सम्बन्धि, स्टल व्यवस्थापन उपसमिति संयोजक भरत थापाले महोत्सवका अधिकांश स्टल बुकिङ भईसकेको जानकारी गराएका थिए ।

footwear zone

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव आयोजक मुल समारोहका संयोजक छत्रधर ओत्रयको अध्यक्षतामा बसेको बैठकमा धन्यवाद सहित संघका बरिष्ठ उपाध्यक्ष बिनोद श्रेष्ठले समापन गरेका थिए ।

 

 

 

You might also like

Comments are closed.