यसरी हुँदैछ संसारभरबाट टाटा गुरुक्षेत्र प्रतिस्पर्धा

काठमाडौं । टाटा मोटर्सले संसारभरका लोकल मेकानिक्सहरुको सहभागितामा गुरुक्षेत्र प्रतिस्पर्धा सुरु गरेको छ । टाटा मोटर्सको लागि नेपालको आधिकारिक बितरक सिप्रद्धी ट्रेडिङ अफ कम्पनीज अन्तर्गतको सिप्रद्धी अटो पार्टससंगको समन्वयमा नेपालबाट पनि यो प्रतिस्पर्धामा मेकानिक्सहरु सहभागी भएका छन् । नेपालबाट यो प्रतिस्पर्धामा २ हजार टाटा गुरुहरु सहभागी भएको सिप्रद्धी अटो पार्टसका महाप्रबन्धक युवराज बुढाथोकीले जानकारी दिए ।

लोकल मेकानिक्सहरुको क्षमता अभिबृद्धि गर्ने लक्ष्य अनुसार टाटाले गुरुक्षेत्र प्रतिस्पर्धा गरेको हो । नेपालबाट यो प्रतिस्पर्धाको पहिलो चरण आइतबारबाट सुरु भइसकेको छ । देशभर ९ वटा सेन्टरमा टाटा गुरुहरुको लिखित परीक्षा सञ्चालन भइरहेको उनले जानकारी दिए । पहिलो चरणमा ९ वटा सेन्टरबाट ३/३ जना उत्कृष्ट टाटा गुरु छनोट गरिनेछ । छनौट भएर आएका २७ जना मध्येबाट दोस्रो चरणमा उत्कृष्ट ३ छनोटमा पर्नेछन् । सोही प्रतिस्पर्धाबाट नेपालमा महागुरु छनोट हुनेछ र उत्कृष्ट ३ जना टाटा गुरु अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि भारत जाने बुढाथोकीले जानकारी दिए ।

‘लोकल मेकानिक्सहरुको स्किल पत्ता लगाउने र अपडेट गर्नु नै यो प्रतिस्पर्धाको उद्देश्य हो,’ उनले भने, ‘टाटा गुरुहरुको स्किल तथा क्यापासिटी पत्ता लगाइसकेपछि अबको दिनमा उहाँहरुका लागि के आवश्यकता छ भनेर हामीले जानकारी पाउँछौं ।’ राम्रा मेकानिक्सहरुलाई राष्ट्रियरुपमा रिकग्नाइज गर्न पनि यो प्रतिस्पर्धाले सहयोग गर्ने उनले बताए ।

footwear zone

‘आफ्नो अथोराइज च्यानल सँगसँगै लोकल मार्केटमा टाटाको काम गर्ने साथीहरुको क्षमता विकासमा पनि जोड दिनुपर्छ भन्ने हाम्रो मान्यता छ,’ उनले भने ।

You might also like

Comments are closed.