सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर ९३ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन पहेँलो धातु प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ रहने छ जसको मूल्य आइतबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँ तोकिएको थियो ।

त्यस्तै सोमबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रुपैयाँले घटेर एक हजार २ सय ५० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

footwear zone

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८ सय ९ डलर आसपास कारोबार भइरहेको छ । रासस

You might also like

Comments are closed.