उद्योग वाणिज्य संघ काठमाडौं र आन्तरिक राजश्व विभागका टोलीबीच अन्तरक्रिया

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र आन्तरिक राजश्व विभागको संयुक्त आयोजनामा कर सहभागीतामा विद्युतीय प्रणालीको उपयोग र आर्थिक एन २०७८ ले प्रदान गरेको छुट तथा सहुलियतका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

उक्त अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दीनेश श्रेष्ठले कार्यक्रममा उद्योगी व्यवसायीहरुको राजश्वसंग सम्बन्धित समस्याहरुको बारे प्रकाश पारे । संघ र विभागबीच यस प्रकारको सहकार्यलाई निरन्तरता दिदैं काठमाडांै भित्र अन्य वस्तुगत संघहरु तथा क्षेत्रगत व्यावसायिक संघसंस्थाहरूसंग मिलेर कार्यक्रम आयोजना गर्ने उनले बताए ।

कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौड्याल, उपमहानिर्देशक अर्जुनप्रसाद भट्टराई, सूचना प्रविधि निर्देशक चुडामणि ढुंगाना तथा शाखा अधिकृत प्रदीप रेग्मीले व्यवसायीहरुले उठाएका जिज्ञासाहरुको उत्तर दिएका थिए ।

footwear zone

अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाडौका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, राजश्व सामितिका सदस्यहरु तथा विभिन्न विषयगत समितिका सदस्यहरू तथा अन्य वस्तुगत संघ संस्थाका प्रतिनिधिहरूको सहभागि रहेको थियो ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको राजश्व समिति सभापति नानीराज घिमिरेले कार्यक्रममा धन्यवाद मन्तव्य राखेका थिए ।

You might also like

Comments are closed.