रकम फिर्ता गर्न कामपालाई आग्रह

काठमाडौं । हनुमानढोका दरबार हेरचाह अड्डाले सम्झौता भएअनुरुपको बाँकी रकम तत्काल फिर्ता गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ । अहिले अड्डाले विदेशीको लागि ३ सय  रूपैयाँको टिकटको व्यवस्था गरेको छ । यसअघिसम्म कामपाले विदेशीको लागि रु एक हजार र दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका नागरिकको लागि रु ७५० लिने गरेको थियो । यसबाट उठेको रकमको २५ प्रतिशत अड्डालाई दिने गरी विस २०६८ मा ती दुई निकायका बीचमा सम्झौता भएको जनाइएको छ ।

सम्झौताअनुसार पहिलो चरणमा कोरोना भाइरस सुरु हुनुभन्दा पहिलेकै रु तीन करोड ५० लाख र त्यसपछिको रु ५० लाख गरी रु चार करोड दिनुपर्ने अड्डाको भनाइ छ । उक्त रकम तत्काल दिन कामपालई आग्रह गरिएको छ । यसरी हनुमानढोका प्रवेशमा कामपाले र अड्डाले फरक फरक प्रवेश शुल्क लिँदा विदेशी नागरिक दोहोरो मारमा पर्दै आएका छन् ।

खर्च व्यवस्थापन गर्न समस्या भएको भन्दै अड्डाले कामपालाई पटकपटक जानकारी गराउँदै यसअघि बाँकी रहेको रकम दिन आग्रह गर्दासमेत उपलब्ध नभए पनि आफूहरुले विदेशीको लागि छुट्टै टिकटको व्यवस्था गरेको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।

footwear zone

महामारी सुरु हुनुपूर्वको रु तीन करोड ५० लाख त्यसपछिको केही रकम गरी हाल करिब रु चार करोड दिन बाँकी रहे पनि प्राप्त गर्न नसकेकाले हनुमानढोका विकास समिति सञ्चालन बोर्डको निर्णयअनुसार उक्त स्थानमा विदेशी प्रवेश गर्नका लागि रु ३०० को छुट्टै व्यवस्था गरेको हो । उनले कामपालाई यसअघि दिनुपर्ने रकम दिन र आगामी दिनमा पनि त्यसलाई निरन्तर गर्न आग्रह गर्दै आएको बताए ।

मागअनुरुप कामपाले बक्यौता रकम र आगामी दिनमा पनि सम्झौता भएअनुसारको रकम प्रदान गरेको अवस्थामा विदेशी पाहुनाको लागि आफूहरुले लिने गरेको रु ३०० को टिकट रद्द गर्ने प्रमुख खनालले स्पष्ट पारे ।

You might also like

Comments are closed.