काठमाडौं । महिन्द्राको मोबाइल एप ‘mTract’ डाउनलोड गर्दा बम्पर उपहारका साथै हात खाली नजाने उपहार जित्न सकिने भएको छ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नी समूहको सहायक कम्पनी बालाजु अटो वर्कश प्रा.लि.ले हालसालै यो अफर ल्याएको हो ।
बालाजु अटो वक्र्स प्रा.लि.का अनुसार बम्पर उपहारमा एक जोडीलाई चन्द्रागिरी हिल्स होटलमा २ दिन १ रातको प्याकेज उपलब्ध गराइनेछ ।
नयाँ रजिस्टेसन गर्ने सबैलाई सय रुपैयाँको रिचार्ज कार्ड उपहार प्रदान गरिनेछ । स्मार्ट फोनमा गुगल प्लेस्टोर र एप्पलमा एप स्टोरमा गएर ‘mTract’ मोबाइल एप डाउनलोड गर्न सकिनेछ ।

डिसेम्बर १२ बाट लागु भएको यो अफर जनवरी २२ सम्म जारी रहने बताइएको छ ।




Comments are closed.