घरघरमै खानेपानीको धारा जडान गर्ने योजना

कञ्चनपुर । खोलाको पानी पिउँदै आएका चुरे फेदीको शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने धारापानी गाउँका बासिन्दाले पाँच दशकपछि घरदैलोमै खानेपानी पाउने भएका छन् ।

वडा कार्यालयले आव २०७८/७९ को चार लाख ९० हजार रूपैयाँ बजेट परिचालन गरी खानेपानी निर्माणको कार्य अगाडि बढाएको छ । बतासे झर्नामा खानेपानीको इन्टेक ट्याङ्की निर्माण गरी धारापानी गाउँसम्म खानेपानी पु¥याउन पाइपलाइन बिछ्याउने कार्य सुरु गरिएको छ । चार किलोमिटर क्षेत्रमा पाइपलाइन बिछ्याउने कार्य भइरहेको वडाध्यक्ष बहादुरसिंह महराले बताए ।

“मुहानदेखि गाउँसम्मको दूरी चार किलोमिटर छ”, वडाध्यक्ष महराले भने, “सोहीअनुरुप पाइपलाइन बिछ्याउने कार्य गरिरहेका छौँ ।” खानेपानीका लागि स्थानीयवासीले कूल लागतको २० प्रतिशत श्रमदान गर्नुपर्नेछ । त्यसका लागि स्थानीय बासिन्दा श्रमदानमा जुटेका छन् । धारापानी गाउँमा विसं २०२४ मा बस्ती बसेको हो । बस्तीमा बस्दै आएका १८ परिवारको घरघरमै खानेपानीको धारा जडान गर्ने वडा कार्यालयले योजना बनाएको छ ।

footwear zone

“खानेपानीको व्यवस्था नहुँदा वर्षौंदेखि खोलाको पानी पिउन बाध्य थियौँ”, स्थानियवासी सइमले धामीले भने, “घरमै खानेपानीको धारा जडानका लागि कार्य अगाडि बढाइएपछि निकै खुसी छौँ ।” त्यहाँका बासिन्दालाई वर्षात्का बेला खोलाको धमिलो पानी पिउनुपर्ने बाध्यता थियो । खानेपानीका धारा घरमै पु¥याउने कार्य सुरु भएपछि विगतको पानीको समस्या हटेर जाने उनले बताए । धारापानीका स्थानीय बासिन्दासँगै पर्यटकीय क्षेत्र बतासे झर्ना जाने आन्तरिक तथा बाह्य पर्यटका लागिसमेत पदमार्गमा खानेपानीका धारा राख्नसमेत पहल भइरहेको वडाध्यक्ष महराको भनाइ छ ।

You might also like

Comments are closed.