काठमाडौं । यती एअरलाइन्सले न्यु इयर अफर ल्याएको छ ।
अँग्रेजी नयाँ वर्षको अवसरमा यती एअरलाइन्सले काठमाडौंदेखि सिमरासम्म तथा सिमरादेखि काठमाडौंसम्म १ हजार ५ सय रुपैयाँको टिकटमा यात्रा गर्न सकिने भएको छ ।
यती एअरलाइन्सको मोबाइल एप तथा वेवसाइटबाट ‘HNY2022’ प्रोमोकोड प्रयोग गरेर यात्रुहरुले सस्तो टिकट खरिद गर्न सक्नेछन् ।

यो अफर डिसेम्बर ३१ देखि जनवरी ४ सम्म लागु हुने यती एयरलाइन्सले जनाएको छ ।




Comments are closed.