विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कोभिड उपचारमा संलग्न चिकित्सकहरूलाई ओमिक्रोन भेरियन्टको सम्भावित संक्रमणबाट सतर्क रहेर काम गर्न निर्देशन दिएको छन् ।
कोभिड अस्पताल विराटनगरको शुक्रबार निरीक्षण गर्दै उनले पछिल्लो समयमा कोरोना भाइरस तथा यसको घातक भनिएको ओमिक्रोन भेरियन्टको सम्भावित खतरातर्फ सतर्क रहेर काम गर्न र त्यसको उपचारका लागि तयारी गर्न समेत निर्देशन दिएको हुन् ।
साथै मन्त्री कार्कीले कोरोना संक्रमितहरूलाई उपचारमा कुनै कमी हुन नदिन पनि आग्रह गरेका थिए ।

उनले भने “उपचारमा आउने बिरामीले अस्पतालमै उपचार पाएनन् भने कहाँ जाने, यस विषयमा यहाँहरूले गम्भीर भएर सोच्नुपर्छ र सबैलाई चुस्त रूपमा सेवा दिनुपर्छ ।”
उनले स्वास्थ्य उपचारमा कुनै कमी कमजोरी हुन नदिन प्रदेश सरकार चनाखो भएको र ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न सक्ने देखिएकाले अस्पतालको व्यवस्थापन चुस्त र दुरुस्त हुनुपर्छ भने । मन्त्री कार्कीले त्यहाँ उपचाररत बिरामीहरूका साथै अस्पतालको आइसियु, भेन्टिलेटर कक्षलगायतको अवस्थाको बारेमा पनि जानकारी लिएको थिए ।




Comments are closed.