लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको १७ औ लेखनाथ महोत्सवलाई मध्यनजर गरि यस क्षेत्रमा रहेका बिभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रचार्यहरुको बैठक शुक्रबार सम्पन्न भएको छ । संघका कार्यसमिति सदस्य एवं बिद्यालय स्तरीय कार्यक्रम उप˗समिति संयोजक सन्तोष बरालको संयोजकत्वमा बैठक भएको हो । ।
बैठकमा प्याब्सन कास्कीका अध्यक्ष मथुरा पौडेल, युनिप्स कास्कीका तर्फबाट सन्तोष तिवारी, ग्लोवल कलिजीयट मा.वि.का संस्थापक पदमराज ढकाल, डायमण्ड मा.वि.का संस्थापक हरिप्रसाद लामिछाने, सिद्धि बिनायक बोडिङ स्कुलका प्राचार्य ज्ञानेन्द्रमोहन भट्टराई, सरस्वती टिका मा.वि.का प्रधानाध्यापक सुर्यराज अधिकारी लगायतले आसन्न लेखनाथ महोत्सवमा उल्लेख्य मात्रमा वि द्यालयका बालबालकिाहरुको सहभागिता गराउने र प्रतियोगितामा कुनै एक बिधामा मात्र नभई बिभिन्न विधामा सहभागिता जनाउनु पर्ने कुरामा जोड दिइयो ।
सो अवसरमा मन्तव्य राख्दै संघका वरिष्ठ उपाध्यक्ष बिनोद श्रेष्ठले लेखनाथ महोत्सव छुट्टै पहिचान बोकेको महोत्सव भएकोले भविश्यका कर्णधारको रुपमा रहेका विद्यार्थिको प्रतिभा तथा क्षमता प्रदर्शन गर्ने थलोको रुपमा महोत्सव कोशे ढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

विद्यालय स्तरीय कार्यक्रम व्यवस्थापन उपसमितिका सह संयोजक निर्मल पौडेलले संचालन गरेको बैठकमा संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।




Comments are closed.