नाडाका नवनिर्वाचित अध्यक्ष थापालाई ‘सक्सेस अचिभर्स अवार्ड–२०२१’

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष नवनिर्वाचित अध्यक्ष ध्रुवबहादुर थापा सम्मानित भएका छन् । अनुजा मिडियाले थापालाई ‘सक्सेस अचिभर्स अवार्ड-२०२१’ बाट सम्मान गरेको हो ।

सो अवसरमा थापासहित हास्यकलाकार मनोज गजुरेल, शिक्षाविद् डाक्टर राजेन्द्र केसी, गायक तथा समाजसेवी निर्णय श्रेष्ठ , चितवन मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर डाक्टर हरिश चन्द्र नेउपाने, मेमोरी ट्रेनर नबल पजियार, क्याप्टेन बेद उप्रेती, बैंकर अनिल केशरी शाह, समाजसेवी जया राज्यलक्ष्मी शाह, शिक्षासेवी उत्तम सञ्जेल, युवा व्यवसायी विकास पाण्डे, महिला उद्यमी विदुषी राणा, वरिष्ठ पत्रकार ऋषि धमला, व्यवसायी तथा समाज सेवी रामशरन बस्नेत लगायतलाई सम्मान गरिएको अनुजा मिडियाले जनाएको छ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सिकाइबाट नै सफलता मिल्ने बताएका छन् । परिवर्तनका लागि निरन्तर खोज, अनुसन्धान र निरन्तर सिकाइ नै महत्वपूर्ण हुने उनको भनाइ छ ।

footwear zone

अवार्ड आयोजना गरेको अनुजा मिडियाकी अध्यक्ष अनुजा आचार्यले सफल व्यक्तित्वहरुबाट सबैले पाठ सिक्नुपर्ने धारणा राखिन् ।

You might also like

Comments are closed.