रुकुमपूर्व । भूमे गाउँपलिका–९ चुनबाङमा अस्पताल निर्माण गर्न लागिएको छ । चुनबाङमा पाँच श्ययाको अस्पताल निर्माण गर्न लागिएको हो । चुनबाङमा निर्माण गर्न लागिएको पाँच श्ययाको पालिकास्तरीय अस्पताल भवनको शिलन्याससमेत गरिएको छ । गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा विष्टले भवनको शिलन्यास गरेकि हुन् ।
चुनबाङबाटै एमबिबिएस डाक्टरबाट सेवा दिने उदेश्यले निर्माण हुन लागेको अस्पतालको काम सुरु भएको छ । गाउँपालिकाको केन्द्रबाट पनि टाढा पर्ने र स्वास्थ्य सेवाका लागि अस्पताल पनि टाढा रहेकाले गाउँबाटै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले चुनबाङमा अस्पताल निर्माणको कार्य सुरु गरिएको गाउँपालिका उपाध्यक्ष विष्टले बताइन् ।
चुनबाङबासीलाई मात्र नभई रोल्पाको थबाङ र परिवर्तन गाउँपलिकाका नागरिकलाई पनि त्यहाँबाट स्वास्थ्य सेवा लिन सहज हुनेछ । अस्पताल भवन निर्माणको जिम्मा प्राकृतिक रेभिट जेभी रोल्पाले लिएको छ ।

विसं २०७८ असार २८ मा सम्झौता गरेको निर्माण कम्पनीले २०८० असार २८ मा भवन निर्माणको काम सक्नुपर्ने गाउँपालिकाले जनाएको छ । निर्माण कम्पनीले छ करोड ९५ लाख रुपैयाँमा भवन निर्माणको जिम्मा लिएको छ । भवन २५ कोठासहित डेढ तलाको हुने गाउँपालिकाका सबइञ्जिनियर सन्तोष घर्तीले बताए ।




Comments are closed.