छात्रालाई साइकल वितरण

चितवन । रत्ननगर नगरपालिका–३ ले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरेको छ । सो वडाभित्र रहेको बेल्सी आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको हो ।

सो विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्ययनरत ३७ छात्रालाई साइकल वितरण गरिएको वडाध्यक्ष गुप्तनाथ भट्टराईले जानकारी दिए । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन र शैक्षिक गुणस्तर सुधार गर्न छात्रालाई साइकल प्रदान गरिएको उनले जानकारी दिए । कार्यक्रमका नगरपालिकाका प्रमुख नारायण वन र वडाध्यक्ष भट्टराईले संयुक्त रुपमा विद्यार्थीलाई साइकल हस्तान्तरण गरेका थिए ।

सो अवसरमा प्रमुख वनले सामुदायिक विद्यालयमा पढ्ने नगरभित्रका छोरीहरुलाई साइकल वितरण सुरु गरेको बताए। उनले भने, “सबै सामुदायिक विद्यालयलाई बस प्रदान गर्न सक्ने अवस्था नरहेपछि पहिलो चरणमा सामुदायिक विद्यालयमा पढ्ने छात्रालाई साइकल दिन सुरु गरिएको हो ।”

footwear zone

कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष केशव आचार्य, कार्यपालिका सदस्य मीना गिरी, वडासदस्य किशोरबाबु पुरी, प्रेमकुमारी चौधरी, वडासचिव चन्द्रमणि आचार्य,विद्यालयका प्रधानाध्यापक शालिग्राम ढकाल, नेकपा एमालेका केवल न्यौपाने, नेपाली कांग्रेसका छविलाल घिमिरे, समाजसेवी उत्तम आचार्य, राजेन्द्र कोइराला, नगर शिक्षा अधिकृत राजेन्द्र बराल, विद्यालयस्तरीय बाल क्लबकी अध्यक्ष समीक्षा खतिवडालगायतको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.