लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ र व्यावसायिक सिप तथा तालिम परिषद CTEVT गण्डकी प्रदेशको आयोजनामा कपडाबाट जुत्ता चप्पल बनाउने बिषयको सिप बिकास तालिम शुरु भएको छ । मंगलबारदेखि लेखनाथ उद्योग वाणिज्य संघको तालिम कक्षमा शुरु भएको तालिम १० दिनसम्म चल्नेछ ।
लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं तालिम व्यवस्थापन उपसमिति संयोजक ध्रुबबावु भट्टराईको संयोजकत्वमा उद्घाटन शत्र सम्पन्न भएको हो ।
तालिमको उद्घाटन समारोहलाई शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै संघका अध्यक्ष छत्रधर आत्रेय, लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष एवं नेउवामहासंघका केन्द्रिय सदस्य बावुराम गिरी, CTEVT गण्डकी प्रदेशका निर्देशक प्रमोद आचार्यले सिप बिकास तालिमको माध्ययमबाट उद्यमी बनाई आयआर्जन गर्न यस्ता किसिमका सिप बिकास तालिम कोसे ढुंगा साबित हुनेमा जोड दिनु हुंदै आफुले सिकेको सिपलाई सदुपयोग गर्न सहभागीहरुलाई आग्रह गरेका थिए ।
तालिम उद्घाटन समारोहमा संघका निवर्तमान अध्यक्ष बलराम ढकाल, पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, लगायत कार्यसमिति सदस्यहरु उपस्थिति रहेको तालिमको उदेश्य माथि संघका उपमहासचिव जानुका पराजुली अधिकारीले प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन संघका कार्यसमिति सदस्य महिला उद्यमी परिचालन उपसमिति संयोजक ईन्दिरा रोकाले गरेका थिए । उक्त तालिममा २५ जना सहभागी रहेका छन् ।




Comments are closed.