निर्माण क्षेत्रमा अब्बल ‘शर्मा एण्ड कम्पनी’ ५६औं वर्षमा प्रवेश

काठमाडौं । नेपालको निर्माण क्षेत्रमा लामो अनुभव हासिल गरेको शर्मा एण्ड कम्पनी स्थापनाको ५५ वर्ष पुरा गरी ५६औं वर्ष प्रवेश गरेको छ । ५५ वर्षको लामो इतिहासमा नेपालको निर्माण क्षेत्रमा कम्पनीले उल्लेखनीय योगदान पुर्याउन सफल भएको छ । बिगतका वर्षहरुमा वार्षिकोत्सवमा विविध सामाजिक कार्यक्रम गर्दै आएको कम्पनीले यस वर्ष भने औपचारिक कार्यक्रम नगर्ने भएको छ । कम्पनीका संस्थापक राधाकृष्ण शर्माको यही वर्ष निधन भएकाले वार्षिकोत्सवमा औपचारिक कार्यक्रम नगरिएको हो ।

निर्माण क्षेत्रमा बुबाको लक्ष्य र सपनालाई पछ्याउँदै राधाकृष्णका छोरा रमेश शर्माले कम्पनीको नेतृत्व बिगतदेखि गर्दै आइरहेका छन् । निर्माण क्षेत्रमा ५ दशक भन्दा बढीको अनुभव हासिल गर्दा देशका ठूला-ठुला प्रोजेक्टहरु कम्पनीले काम गर्न सफल भइसकेको प्रवन्ध निर्देशक रमेश शर्मा बताउँछन् । ‘राष्ट्र निर्माणको अभियानमा कम्पनीले योगदान पुर्याउन सफल छ,’ उनले भने, ‘गुणस्तरीय र भरपर्दो निर्माणका लागि हाम्रो कम्पनी स्थापित नाम हो ।’

शर्मा एण्ड कम्पनीले ३ हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ । राजधानी काठमाडौंमा मेडिसिटी अस्पताल, वीर अस्पतालको नयाँ भवन, कमल पोखरीको सिटी सेन्टर, सिंहदरबार अगाडिको वाणिज्य बैंक लगायतका भवनको निर्माण शर्मा एण्ड कम्पनीले सम्पन्न गरिसकेको छ ।

footwear zone

विशाल नगरको सेन्टरपार्क अपार्टमेन्ट, सीतापाइला हाउजिङ, बालकोटमा रोज भिलेज प्रोजेक्ट कम्पनीले नै निर्माण गरेको हो । मदनभण्डारी राजमार्ग अन्तर्गत धरान चतराबाट सिन्धुलीसम्मको १ सय ३५ किमी सडक शर्मा एण्ड कम्पनी र लामा कन्ट्रक्सनले निर्माण गरेको छ । मेलम्ची खानेपानी प्रोजेक्ट अन्तर्गत काठमाडौंको ३ सय किमी क्षेत्रमा यही कम्पनीले नयाँ पाइपलाइन बिछ्याउने काम गरिसकेको छ । राजमार्गका ठूला–ठूला पुल निर्माण गर्ने कम्पनीमा पनि शर्मा एण्ड कम्पनी अग्रणी मानिन्छ ।

‘सूर्यबिनायकदेखि धुलिखेलसम्म २० वर्ष अगाडि स्विस सहयोगमा यही कम्पनीले सडक निर्माण गरेको हो,’ शर्माले भने, ‘सुदुर पश्चिमको अत्तरियादेखि महेन्द्रनगरसम्मको हाइवे २ दशक अगाडि निर्माण गरेको अनुभव पनि हामीसँग छ ।’ भवन निर्माणका क्षेत्र नेपालकै प्रशिद्ध कम्पनीमा शर्मा एण्ड कम्पनी पर्न सफल भएको शर्मा बताउँछन् । पछिल्लो वर्ष कोरोना महामारीको प्रभाव निर्माण क्षेत्रमा परेको शर्माले बताए । ‘एक वर्षदेखि प्रोजेक्टहरुमा कमी आएको छ । निर्माण क्षेत्रमा बजेट कम खर्च हुँदा बजारमा तरलता अभाव देखिएको छ,’ उनले भने ।

कम्पनीका प्रवन्ध निर्देशक रमेश शर्मा निर्माण व्यवसायी संघको तेस्रो अध्यक्ष तथा महासंघ निर्माण पछिको पहिलो अध्यक्ष भइसकेका व्यक्ति हुन् ।

You might also like

Comments are closed.