केसी समूहको लगानीमा पोखरामा भव्य संरचनासहित ‘आभ्या क्लब’

पोखरा । पोखरामा अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा प्रदान गर्ने लक्ष्यसहित ‘आभ्या क्लब’ सञ्चालनमा आएको छ । व्यावसायिक घराना केसी समूहको लगानीमा आभ्या क्लब सञ्चालनमा आएको हो । पोखराको घारी पाटनमा २० रोपनी जग्गामा क्लब स्थापना गरिएको हो ।

५ देखि ८० वर्षसम्मका मानिसहरुलाई लक्षित गरी क्लब स्थापना गरिएको केसी समूहका कार्यकारी निर्देशक किरण केसीले जानकारी दिए । क्लबमा समावेश गरिएको जिमको इक्युपमेन्ट अमेरिकाबाट आयात गरिएको छ । ११ हजार स्क्वायर फिटमा जिम सञ्चालनमा ल्याइएकोे छ । यो क्षेत्रफल निकै ठूलो आकारको हो ।

आभ्या क्लबमा जीमसहित स्विमिङ पुल, रेष्टुरेन्ट, स्पा, साउन, स्टिम, उफ्रो (तातोपानीमा डुबेर बस्ने), टेनिस कोर्ट लगायतको सुविधा उपलब्ध छ । कन्फ्रेन्स हल, योगा लगायतको सुविधा क्लबमा हुनेछ । ‘फाइभ स्टार स्तरको सुविधा हामीले प्रदान गर्नेछौं,’ केसीले भने ।

footwear zone

गण्डकी प्रदेशको राजधानी पोखरामा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने तयारीमा रहेको खेलकुदको समेत केन्द्रका रुपमा विकसित भइरहेको सन्दर्भमा आभ्या क्लब सञ्चालनमा ल्याइएको केसीले बताए । ‘सर्वाङिगण स्वास्थ्य तन्दुरुस्ती तथा लोकहितलाई मध्यनजर गर्दै आभ्या क्लब सञ्चालनमा ल्याइएको हो,’ शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा केसीले भने ।

सन् २०१८ मा नै आभ्या क्लबको स्थापना भएपनि सन् २०२२ मा लगानी विस्तारसँगै सेवा सुविधाहरु बृहत आधारमा विस्तार गरिएको हो । ‘हिन्दु जीवनपद्धतिमा आभ्याको अर्थ सबै दृष्टिले पवित्र जीवनको प्रथम रुप भन्ने हुन्छ । यसले सूर्यको किरण भन्ने अर्थ पनि बोकेको हुन्छ । नामले संकेत गरे अनुसार आभ्या क्लब नेपालकै अग्रणी मनोविनोद केन्द्र हो,’ केसीले भने, ‘यसले शारीरिक तन्दुरुस्तीलाई मात्र होइन मानवमन, आत्मा र शरिरको समग्र हित, शुद्धीकरण र सबलीकरणमा निरन्तर जोड दिन्छ ।’

पोखराका लागि स्तरीय प्रडक्टको खाँचो महसुस गरी आभ्या क्लब सञ्चालनमा ल्याइएको केसीले जानकारी दिए । ‘पोखराको पर्यटन, स्वास्थ्य तथा खेल गतिविधिमा आभ्या क्लबले सकारात्मक योगदान पुर्याउनेमा हामी विश्वस्त छौं,’ केसीले भने । आभ्या क्लबमा करिब १५ करोड रुपैयाँ लगानी भएको बताइएको छ ।

पारिवारिक वातावरणमा सेवा सुविधा प्रधान हुने केसीले जानकारी दिए । सबै सेवाग्राहीलाई आतिथ्यता प्रदान गर्न हामी तयार छौं,’ केसीले भने । क्लबमा बालमैत्री शौचालय, स्नान कक्ष, क्रिडास्थल र सुरक्षण कक्षको व्यवस्था छ । नेपालकै खेल तथा शारीरिक तन्दुरुस्तीको विकासका लागि आभ्या क्लब प्रतिबद्ध रहेको केसीले बताए ।

You might also like

Comments are closed.