महालक्ष्मी विकास बैंकका ग्राहकलाई ईशान बाल तथा महिला अस्पतालमा छुट

 

काठमाडौं । ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ईशान बाल तथा महिला अस्पताल प्रा. लि. सँग सम्झौता गरेको छ । एक विशेष कार्यक्रमका बिच उक्त सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक रामनंदन प्रसाद चौधरी र बैंकका तर्फबाट बसुन्धारा शाखाका प्रमुख विकास देवकोटाले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले ईशान बाल तथा महिला अस्पतालमा ओपिडी टिकट, ल्याब सेवा ,भिडियो एक्स ̵ रे सेवा, इको, इसीजी र बेड भर्नामा आकर्षक छुट प्राप्त गर्ने कुरा बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

footwear zone

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chip based travel Card, eCommerce card, Dollar card जारी गरिसकेको छ ।

 

You might also like

Comments are closed.