काठमाडौं । कर्पोरेट क्लबद्वारा आयोजित ‘एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स–२०२१’को वित्तीय सेवाहरुको वर्गमा मुक्तिनाथ विकास बैंक बिजेता भएको छ । काठमाडौंमा पुस २३ गते आयोजना भएको कार्यक्रमबीच मुक्तिनाथ विकास बैंक, वित्तीय सेवाहरुको वर्गमा उत्कृष्ट बैंकको रुपमा पुरस्कृत भएको हो ।
उक्त अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए । उक्त सम्मान पाएकोमा बैंकलाई र बैंकका कार्यरत कर्मचारीहरुलाई अझै राम्रो सेवा प्रदान गर्ने उर्जा मिल्ने बैंकले विश्वास लिएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ लगायतका सेवाहरु बैंकको शाखामा भौतिक उपस्थिति बिना घरबाटै उपयोग गर्न सकिने व्यवस्था बैंकले गरेको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।




Comments are closed.