यती एयरलाइन्सका यात्रुलाई पठाओ चढ्दा छुट 

काठमाडौं । लोकप्रिय राइड शेयरिङ कम्पनी पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राको लागि सम्झौता गरेका छन् ।
सम्झौता अनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाईटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक राइडमा २० प्रतिशत छूट पाउन सक्नेछन् भने कार लाइट (ट्याक्सी) मा ५० प्रतिशत (१७५ रुपैयाँ सम्म) छुट प्राप्त गर्न सक्नेछन् । अफर सोमबार आजैबाट लागू भएको छ ।
footwear zone
काठमाडौ उपत्यकाका यात्रुलाई एयरपोर्ट सम्म जान र आफ्नो गन्तव्यबाट एयरपोर्ट फर्किएपछि स्थानीय गन्तव्य सम्म पुग्न सहजताको लागि यती एयरलाइन्स र पठाओले संयुक्त सहकार्यमा ‘सहज यात्रा’ अफर ल्याएको एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।
हवाई यात्रुलाई एयरपोर्ट जान र आउन सहज यात्रा होस् भन्ने उदेश्यले यति एयरलाइन्स सँग सम्झौता गरिएको पठाओको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । भविष्यमा यति एयरलाइन्सका सबै यात्रुलाई यो अफर लागू गर्ने योजना रहेको हमालले बताइन् ।
You might also like

Comments are closed.