पोखरामा एकैसाथ २ वटा व्यावसायिक तालिम

पोखरा । पोखरामा एकैसाथ २ वटा व्यावसायिक तालिम सुरु भएका छन् । लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको आयोजना तथा पोखरा उद्योग वाणिज्य संघको सहआयोजनामा लेखा व्यवस्थापकीय र लेबलिङ,प्याकेजिङ तथा बजारीकरणसम्बन्धी २ दिने तालिम सुरु भएको हो ।

तालिममा लघु,घरेलु तथा साना व्यवसायीहरुलाई लक्षित लेखा तालिममा ३१ जना तथा लेबलिङ, प्याकेजिङ र बजारीकरणमा २५ जनाभन्दा बढीको सहभागिता रहेको छ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि लघु, घरेलु तथा साना उद्यो प्रवद्र्धन केन्द्रका कार्यकारी अधिकृत ऋषिराम पंगेनीले दुबै तालिम उत्पादन र उत्पादकत्व बढाउने उदेश्यमा समर्पित रहेको बताए । उद्यमशीलता बढाउन, टिकाउन र उत्पादकत्व बढाउने यो तालिम पोखराबाटै सुरु गरिएको उनले जानकारी दिए ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले प्रतिस्पर्धी बजार प्रवेशको लागि आकर्षक लेबलिङ र प्याकेजिङ पहिलो सर्त भएको बताए । अहिलेको बजारमा गुणस्तरीय उत्पादनलाई उस्तै आकर्षक तरिकाले लेबलिङ र प्याकेजिङ गर्नसके त्यसले बजार बिस्तारमा सघाउने उनको धारणा थियो ।

footwear zone

हिजो जसरी चलेको थियो,अहिले त्यसरी चल्दैन’,उनले भने,‘लेखा व्यवस्थापन गर्न नसक्दा र नयाँ नीति–नियम नबुझ्दा जरिवाना तिर्ने अवस्था आउँछ, त्यसैले लेखा प्रणालीबारे व्यवसायी सचेत हुनुपर्छ ।’

लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रका सिनियर डिभिजन इञ्जिनियर अमित आचार्यले विशुद्ध उद्यमशीलता सिकाउन भएको बताउँदै सैद्धान्तिक कुरा बुझेर काम गर्दा राम्रो परिणाम निस्कने बताए । सोमबारबाट सुरु भएको तालिम २ दिनसम्म चल्नेछ । तालिममा सिकेका कुरा भरपुर उपयोग गर्न पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव केशवबहादुर खत्रीले सहभागीहरुलाई आग्रह गरे ।

You might also like

Comments are closed.