१ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा ११ हजार ४ सय २९ जनाको कोरोना परीक्षण गरिएको थियो ।

८ हजार ९ सय ६५ जनाको पीसीआर र दुई हजार ४ सय ६४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा २ सय ५५ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १४ हजार ४ सय ८५ पुगेको छ । निको हुनेदर ९७ दशमलव सात प्रतिशत छ ।

नेपालमा पीसीआर विधिबाट परीक्षण गर्दा आठ लाख ३३ हजार ९ सय ४६ र एन्टीजेन विधिबाट परीक्षण गर्दा ९७ हजार ५ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख ३७ हजार ५ सय ८९ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ६० हजार ८ सय ४३ पुगेको छ ।

footwear zone

कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख १० हजार ५ सय ९४ छ । हाल सक्रिय संक्रमितको सङ्ख्या सात हजार ८ सय ५५ छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय ६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । हाल भेन्टिलेटरमा १६, आइसियूमा ६७, होम आइसोलेशनमा सात हजार २ सय ४५, संस्थागत आइसोलेशनमा ६ सय १० र क्वारेन्टिनमा १ सय १३ संक्रमित छन् ।

हाल देशभरमा ५ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा काठमाडौं, ललितपुर र भक्तपुर छन् भने दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन् । संक्रमित नरहेका जिल्लामा मुस्ताङ र र मुगु छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा दुई हजार ६ सय ५५, ललितपुरमा नौ सय र भक्तपुरमा ६ सय ३३ सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.