मुलुकको शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब रुपैयाँ घाटामा

काठमाडौं । मुलुकको चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा भुक्तानी अवस्था एक खर्ब ९५ अर्ब एक करोड रुपैयाँ घाटामा पुगेको छ । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा एक खर्ब ६ अर्ब ४८ करोड बचतमा रहेको मुलुकको शोधनान्तर स्थिति चालु आवमा घाटामा रहेको छ ।

केन्द्रीय बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कानुसार मुलुकको चालु खाता पहिलो ५ महिनामा तीन खर्ब ६९ करोडले घाटामा रहेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २३ अर्ब रुपैयाँले घाटामा थियो ।

सार्वजनिक तथ्याङ्कानुसार भुक्तानी सन्तुलनको अवस्थाका साथै विदेशी विनिमय सञ्चिति पनि घटेको छ । चालु आवको सुरुआतमा १३ खर्ब ९९ अर्ब तीन करोड रुपैयाँ बराबरको कूल विदेशी विनिमय सञ्चिति पाँच महिनाको अवधिमा १३ दशमलव दुई प्रतिशतले घटेर १२ खर्ब १४ अर्ब तीन करोड रुपैयाँमा सीमित भएको छ ।

footwear zone

५ महिनामा व्यापार घाटा ७ खर्ब ३५ अर्ब

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणानुसार मुलुकको पहिलो पाँच महिनामा कूल वस्तु व्यापार घाटा ५४ दशमलव सात प्रतिशतले बढेर रु सात खर्ब ३५ अर्ब ४९ करोड पुगेको छ । मङ्सिर मसान्तसम्म वस्तु निर्यात १०५ दशमलव दुई प्रतिशतले बढेर एक खर्ब दुई अर्ब ९२ करोड रुपैयाँ पुगेको छ भने आयात ५९ दशमलव पाँच प्रतिशतले वृद्धि भई आठ खर्ब ३८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

नेपालबाट निर्यात हुने वस्तुमा पाम तेल, सोयाबिन तेल, पिना, धागो तथा जुटका सामानलगायत प्रमुख रहेको देखिन्छ भने आयातमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा पाम तेल, कच्चा सोयाविन तेललगायत छन् ।

 

You might also like

Comments are closed.