यती एयरलाइन्स र यूएनडीपीबीच सहकार्य

काठमाडौं । यती एयरलाइन्स र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी)बीच सहकार्य गर्ने सम्झौता भएको छ । जलवायु परिवर्तन र वातावरण संरक्षणका लागि संयुक्त प्रयासहरु विस्तार गर्ने लक्ष्यसहित दुई पक्षबीच सहकार्य गर्ने सम्झौता भएको हो ।

बिहीबार एक कार्यक्रमबीच यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमाल र यूएनडीपीका लागि नेपाल प्रमुख आयशानी मेडागंगोडा–लाबेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यती एयरलाइन्स र यूएनडीपीबीच सन् २०१७ देखि सहकार्य हुँदै आइरहेको छ । सोही सम्झौतालाई नवीकरण गरिएको र दुई पक्षबीचको सहकार्यले जलवायु परिवर्तन र दीगो लक्ष्य प्राप्तीका क्षेत्रमा उल्लेख्य कार्य हुँदै आइरहेको सिइओ रिमालले बताए ।

footwear zone

साझेदारी अन्तर्गत यती एयरलाइन्स र यूएनडीपीले सगरमाथा क्षेत्रमा ठोस फोहोर व्यवस्थापन तथा पर्यटन र वृक्षरोपणका क्षेत्रमा संयुक्त कार्यक्रम कार्यान्वयन गर्ने भएका छन् । वातावरण क्षेत्रमा एयरलाइन्सले प्रभावकारी कार्य गर्दै आइरहेको र यूएनडीपीसँगको सहकार्यले यसमा थप टेवा पुगेको रिमालले बताए ।

You might also like

Comments are closed.