वीरगञ्ज । बारा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–१ बाट आइतबार ११ केजी चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार जिल्ला मोतीहारी ढाका बस्ने २३ वर्षीय सुनिल गुप्तालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको हो ।
वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना३३प ८५२६ नंको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा उक्त मोटरसाइकलको तेल ट्याङ्कीको भित्र फल्स बटन बनाई सोहीभित्र लुकाइछिपाइ राखिएको उक्त चाँदी बरामद गरिएको थियो ।
इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले रु १२ लाख ४२ हजार ९७३ मूल्य बराबरको ११ किलो ५०० ग्राम चाँदीको तयारी पाउजु, बाला, चाबी रिङ, बुट्टी तथा कल्लीलगायत तयारी गहना फेला परेका हो । बरामद तयारी गहनासहित पक्राउ परेका मोटरसाइकल चालक गुप्तालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ । रासस




Comments are closed.