पोखरेली जेठोबुढो चामल सेल्सबेरीमा

काठमाडौं । पोखरामा प्रशिद्ध रहेको जेठोबुढो चामल काठमाडौंको सेल्सबेरीमा बिक्री वितरण सुरु भएको छ ।

अन्नपात एग्रो प्रालिले अन्नपात ब्राण्डमा जेठोबुढो चामललाई २ र ५ केजीमा उपलब्ध गराएको छ ।

काठमाडौंस्थित सेल्सबेरीका सबै शाखा र पोखरास्थित सेलवेजका शाखाहरु पोखरेली जेठोबुढो चामल उपलब्ध रहेको सेल्सबेरीका बिजनेस अफिसर चेतनारायण पौडेलले जानकारी दिए ।

footwear zone

‘पोखरामा उत्पादन हुने जेठोबुढो चामल निकै लोकप्रिय मानिन्छ,’ पौडेलले भने, ‘पोखरेली चामलको स्वाद सेल्सबेरी मार्फत काठमाडौंका जनतालाई चखाउने हाम्रो उद्देश्य हो ।’

You might also like

Comments are closed.