सेल्सवेरी ‘मेड इन नेपाल’ अभियानमा नेपाली ब्राण्डका २० वटा स्टल

काठमाडौं । सेल्सवेरी र सेलवेज डिपार्टमेन्टल स्टोर्समा आयोजित ‘मेड इन नेपाल’ अभियानमा २० वटा स्टल राखिएको छ । माघ १ गतेबाट आयोजित यो अभियानमा नेपाली ब्राण्डका २० वटा कम्पनी सहभागी भएको र प्रत्येक कम्पनीका प्रडक्ट प्रदर्शन गर्ने गरी २० वटा नै स्टल राखिएको चिफ बिजनेश अफिसर चेतनारायण पौडेलले आर्थिक आवाजलाई जानकारी दिए ।

यो अभियान फागुन ३० गतेसम्म जारी रहनेछ । नेपाली ब्राण्डको प्रवद्र्धनसहित बिक्री वितरण बढाउने लक्ष्यसहित सेल्सबेरी र सेलवेजमा मेड इन नेपाल अभियान सञ्चालन गरिएको हो ।

मेड इन नेपाल अभियानमा माटो, फ्रेस, वाइवाइ, नेविको, डिभा, जिरु, टाइगर नुडल, केटिएम दालमोट, हिमालय कफी, ग्राण्ड सुप, सेन्चुरी मसला, नेपाल ग्रामोद्योग, विपोल, सफ्ट एण्ड ड्राइ, हाइलाइफ, बायएक्युवा, टित्तोफ्रित्तो, प्याडलक्स, पाण्डा टिस्यु पेपर, क्याराभान मसला ब्राण्ड सहभागी भएका छन् ।

footwear zone

सेल्सवेरीको सीतापाइला, सातदोबाटो, बत्तिसपुतली, महाराजगन्ज शाखा र पोखरास्थित सेलवेजको चिप्लेढुंगा, लेकसाइड, शान्तिनगर शाखामा नेपाली उत्पादनका छुट्टाछुट्टै स्टल राखिएको छ । अन्य स्टोर्समा पनि नेपाली उत्पादनलाई प्राथमिकताका साथ प्रवद्र्धन, प्रदर्शन तथा बिक्री वितरण गरिएको जनाइएको छ ।

‘मेड इन नेपाल अभियान अन्तर्गत राखिएका स्टलहरुमा उपभोक्ता तथा ग्राहकहरुको उत्साहजनक उपस्थिति रहेको छ,’ पौडेलले भने, ‘कोरोना महामारीलाई मध्यनजर गर्दै भिडभाड नगरी सपिङ गर्ने तथा नेपाली ब्राण्डको अवलोकन गर्ने व्यवस्था मिलाएका छौं ।’

You might also like

Comments are closed.