घट्यो पीसीआर परीक्षणको शुल्क

 

काठमाडौं । सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोभिड–१९ को पीसीआर परीक्षणको शुल्कमा समायोजन गरिएको बताए ।

उनका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा रु ८ सय र निजी अस्पताल तथा प्रयोगशालामा एक हजार ५ सय भन्दा बढी लिने नपाउने गरी नयाँ शुल्क तोकिएको बताए ।

footwear zone

सरकारले यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा रु एक हजार र निजी अस्पताल तथा प्रयोगाशालाले रु दुई हजार लिने गरेका थिए । कोरोनाको लक्षण देखिएका सबैको सरकारी अस्पताल तथा प्रयोगशालाले निःशुल्क पीसीआर परीक्षण गरिने गरिरहेको छ ।

 

You might also like

Comments are closed.