पोखरा । भारतले नेपाली भुमी लिपु लेक, लिम्पियाधुरामा गरेको सडक विस्तार कार्य र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा परिवर्तन नेपालले हस्ताक्षर संकलन कार्यक्रम शुरु गरेको छ ।
कार्यक्रम १ हप्तासम्म चल्ने बताइएको छ । हस्ताक्षर संकलनका लागि गण्डकी प्रदेशभरी पुग्ने कार्यक्रम संयोजक आभासजंग शाहीले जानकारी दिए ।संकलित हस्ताक्षर गण्डकी प्रदेशका मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीलाई पठाइने संस्थाका सचिव हरि काकीले जानकारी दिए ।

संस्थाले विभिन्न सचेतनामुलक, सृजनात्मक तथा विकाससंग सम्वन्धित काम गर्दै आइरहेको छ ।





Comments are closed.